ad ad

लुम्बिनी


पाल्पाका ७७ कैदीबन्दीले मतदान गर्ने

पाल्पाका ७७ कैदीबन्दीले मतदान गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ८:३७, काठमाडौँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारमा रहेका ७७ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारामा दुई सय ७७ कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहने छन् । सुरक्षाकर्मी र कर्मचारीका लागि तानसेनस्थित टुँडिखेल मञ्च र कैदीबन्दीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यही मङ्सिर ४ गते हुने पटकको निर्वाचनमा देशभरका ७४ कारागारमा अस्थायी मतदानस्थल राखिएको छ ।

देशभरबाट कम्तिमा ३ हजारको हाराहारीमा कैदीबन्दीले मतदान गर्नेछन् । तर, निर्वाचन कसूरमा सजाय पाइरहेका कैदीलाई भने मतदानमा रोक लगाइएको छ । कारागारमा कैदीबन्दी बढी भए पनि मतदाता नामावलीमा नाम नभएकै कारण न्यूनले मात्रै मतदानमा सहभागी जनाउने जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .