ad ad

मधेस


मधेश प्रदेश : ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

मधेश प्रदेश : ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

नेपालखबर
पुस १४, २०७९ बिहिबार १५:३३, जनकपुरधाम

मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

अब प्रदेशसभा सदस्य न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ। 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .