ad ad

मधेस


भारतीय मोटरसाइकलले ठक्कर दिँदा ७५ वर्षीय वृद्धको मृत्यु

भारतीय मोटरसाइकलले ठक्कर दिँदा ७५ वर्षीय वृद्धको मृत्यु

सांकेतिक तस्बिर।


नेपालखबर
पुस २१, २०७९ बिहिबार ७:१५, काठमाडौँ

सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

गएराति सवा ८ बजे पर्सा( २ को भित्री सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो। 

सडकमा पैदल हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारको लागि स्थानीय मेडिकल नारायणपुर लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

दुर्घटनापछि मोटरसाइकल चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .