ad ad

मधेस


सर्लाहीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सर्लाहीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

नेपालखबर
बैशाख २४, २०८० आइतबार ७:४१, सर्लाही

सर्लाहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार भारतीय गाडीको ठक्करबाट हरैयामा एक युवकको मृत्यु भएको हो भने मोटरसाइकलले ठक्कर दिँदा हरिपुर्वामा एक वृद्धको मृत्यु भएको हो। 

हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठाको मृत्यु भएको हो।

भरतीय डीजे गाडीको ठक्करबाट गम्भीर  घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडी चालक सर्लाहीकै कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन्। 

त्यसैगरी सर्लाहीकै हरिपुर्वा नगरपालिका–५ मा गएको बुधबार भारतीय बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलको ठक्करबाठ सख्त घाइते भएका वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ। 

दुर्घटनामा घाइते हरिपुर्वा–८ का ६० वर्षीय रामउगर राय यादवको उपचारका क्रममा बर्दिवासको एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .