ad ad

मधेस


नयाँ सरकारले छैन मधेसमा उत्साह, नागरिक भन्छन्– आफू जोगिन दुई ठूला दल मिले

नयाँ सरकारले छैन मधेसमा उत्साह, नागरिक भन्छन्– आफू जोगिन दुई ठूला दल मिले

नेपालखबर
साउन ५, २०८१ शनिबार १६:५२, काठमाडौँ

संविधान संशोधनको विषयलाई मुख्य एजेन्डा बनाएर सत्ता समीकरण बनाएका नेपाली कांग्रेस र नेकपा एमालेको सरकारबाट मधेस प्रदेशका नागरिकहरूमा उत्साह देखिएको छैन। 

भोलि (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिँदैछन्। यसैबीच, मधेस प्रदेशका नागरिकहरूसत्ता सहकार्यका लागि मात्रै गठबन्धन बनेको बताउन थालेका छन्। 

नागरिकमा सत्ता समीकरणभन्दा माथि रहेर नेताहरूले कुनै कुराको आशा छर्न नसक्ने उनीहरूको आकलन छ। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जोडिएका धेरैजसोले आफू जोगिनका लागि सरकार बनाएको जिकिर गरेका छन्।

पेसाले वरिष्ठ अधिवक्ता रहेका जनकपुरका किशोरी साह देशमा आएका नयाँ सत्ता समीकरणलाई हेर्दा आफू जोगिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको जस्तो देखिने बताउँछिन्। 

भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने संकल्पका साथ देश विकासमा लागेको खण्डमा मात्रै सरकार देशका लागि लाभदायी बन्ने उनले बताइन्। 

नेपाल बौद्धिक प्रतिष्ठानमा कार्यरत विष्णु कुँवर पनि राजनीतिक परिवर्तनले जनतामा कुनै उत्साह नआएको बताउँछन्। पछिल्ला कुनैपनि सरकार जनताको सरकार बन्न नसकेको टिप्पणी गर्दै उनले राजनीतिक दलको सरकार कुनैपनि व्यक्ति सरकामा गएर केही उपलब्धि नहुने बताए।

अर्का मधेस प्रदेशको धनुषाका नागरिक कुनैपनि सरकार स्वार्थका लागि मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाए। 

स्वास्थ्य, शिक्षा लगायतका आम नागरिकका समस्या समाधानका लागि राजनीतिक दलहरुको दृष्टिकोण नरहेको उनीहरूको भनाइ थियो। 

त्यस्तै, अर्का नागरिकले राजनीतिक व्यक्तिले आफूलाई स्वार्थ मिल्ने किसिमले मात्रै हेर्ने गरेको बताए। देशका जनता के चाहन्छन् भन्ने कुरामा कुनैपनि राजनीतिक दलहरु गम्भीर नरहेको उनको भनाइ छ। 

उनीहरुले राजनीतिक अवस्थासँग सन्तुष्ट हुने ठाउँ नरहेको मात्रै बताएनन्, पक्ष र विपक्षी नै मिलेर सरकार बनाएपछि भ्रष्टाचार छोप्ने प्रयास गर्ने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .