छापा खबर


नेपालगञ्जको एउटै टोलमा यसरी फैलियो कोरोना संक्रमण

नेपालगञ्जको एउटै टोलमा यसरी फैलियो कोरोना संक्रमण

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १:६,

नेपालगञ्जमा पहिलोपटक कारोना संक्रमित ६० वर्षीय पुरुष नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोलका स्थायी बासिन्दा हुन्।

विपन्न परिवारका उनले वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउँथे। त्यहाँ उनले बिहान बेलुका नमाज पढ्ने र बालबालिकालाई उर्दु शिक्षा सिकाउने काम गर्थे।

आजको नागरिक दैनिकमा नेपालगञ्जबाट अर्जुन ओलीले लेखेको समाचार अनुसार जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी स्थानीय बालबालिकालाई घरमै पुगेर ट्युसन पढाउँथे।

नेपालगन्जका पूर्वउपमेयर एवम् जोलहनपुर्वाका स्थानीय समसुद्धिन सिद्धिकीका अनुसार मध्यम र निम्न वर्गिय परिवारको बसोबास रहेको उक्त ठाउँमा मदरसाका ती शिक्षकले चार परिवार बालबालिकालाई ट्युसन पढाउने गरेका थिए।

चैतको पहिलो साता आफन्तलाई भेट्न उनी भारतको बहराइच गए। बहराइचबाट उनी गत चैत १० गते फर्किदा नेपाल सरकारले नेपाल–भारत सीमा नाका बन्द गराइसकेको थियो । तरपनि उक्त दिन नाकाबाट ९ सय ८८ जनालाई सिमा प्रवेश गराइयो।

त्यसमध्ये ५ सय ४० जनालाई नेपालगन्ज उपमहानगरपालिकाको नगर बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसमाको क्वारेन्टाइनमा ल्याइयो। प्रशासन र उपमहानगरपालिकाले उनीहरुको ब्यवस्थापन गर्दा गर्दै क्वारेन्टाइन छाडे।

सोही समुहमा थिए, नेपालगन्ज–७ निवासी ६० बर्षिय संक्रमित ब्यक्ति। ‘संक्रमित ती ब्यक्ति सोही दिन घरमा आएका थिए, त्यसपछि नियमित रुपमा जोलहनपुर्वा टोलमा पुगेर बच्चा बच्चीलाई पढाउन थाले,’ पूर्वउपमेयर सिद्धिकी भन्छन् ‘त्यतिबेला स्वास्थ्यमा कुनै लक्षण नभएपछि कसैलाई पनि मतलब भएन, तर लक्षण बिना नै एकबाट अर्कोमा संक्रमण फैलिरहेको रहेछ।’

मुस्लिम आयोगको पहलमा नेपालगन्जका धार्मिक संस्थामा बस्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा ति ब्यक्तिमा शुक्रबार संक्रमण पुष्टी भयो।

उनको घर र मदरसा रहेको जोलहनपुर्वा टोलमा कन्ट्रयाक्ट ट्रेसिङ गरी ९० जनाको स्वाब संकलन गरियो । त्यसमध्ये ६० वटाको मात्र रिपोर्ट आउँदा आइतबार बेलुकीसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमितहरु ७ वर्षका बालकदेखि ६० वर्षसम्मका छन्।

कुनै लक्षण बिना नै कोरोना भाइरस पहिलो ब्यक्तिबाट दोस्रो हुदै तेस्रो ब्यक्तिसम्म फैलिएको स्थानीय बासिन्दा समेत रहेका पूर्वउपमेयर सिद्धिकी बताउँछन्। स्था

नीय अन्सारियन मस्जिद ब्यवस्थापन समितिका अध्यक्ष रहेका सिद्धिकी भन्छन्, ‘कुनै लक्षण नै नदेखिएर दोस्रो हुदै तेस्रो ब्यक्तिसम्म फैलिनु आश्चर्यको कुरो छ ।’ सिद्धिकीका अनुसार मदरसा शिक्षकले जोलहनपुर्वाका चार वटा घरका बालबालिकालाई दैनिक ट्युसन पढाउँथे।

‘पहिलो संक्रमित ब्यक्तिबाट बालबालिकामा सरेको र त्यसपछि बालबालिकाले आफ्ना बुवा आमालाई सारेको हुन सक्छ,’ उनले थपे।

अहिलेसम्म संक्रमण पुष्टी भएका ब्यक्तिले अन्य ब्यक्तिलाई पनि सम्पर्क गरेको हुन सक्ने सिद्धिकीको आशंका छ । मध्यम र निम्न परिवारको मिश्रित बसोबास रहेको जोलहनपुर्वा टोलमा करिव साढे ४ सय जनसंख्या रहेको स्थानीय बासिन्दाको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .