पछिल्लो समय विवाहपछि हिंसामा परेका महिलाका खबर सार्वजनिक भइरहेका छन्। यही बेला गायिका कमला थापाले चेतनामूलक गीत सार्वजनिक गरेकी छन्।
उनले गीतमार्फत छोरीलाई पनि छोरालाई सरह अंश दिनुपर्ने माग गरेकी छन्। गीतमै उनले आफूलाई विवाह गर्न कर गर्ने बुवासँग अंश मागेकी छन्। कमलाले ‘अंश मलाई देऊ’बोलको गीतमार्फत यो भावना व्यक्त गरेकी हुन्।
सार्वजनिक गीतमा बाबुल गिरीका शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ।
गीतको म्युजिक भिडिओ पनि सार्वजनिक गरिएको छ। माइकल चन्दले निर्देशन गरेको भिडिओमा मोडलद्वय उषा उप्रेती र गीता ढुंगाना देखिएका छन्। नवराज उप्रेतीले खिचेको भिडिओमा शिलन लम्सालले सम्पादन गरेका छन्।
म्युजिक भिडिओ
78
Shares
प्रतिक्रिया