ad ad

फोटोफिचर


फेरिए जनप्रतिनिधि, फेरिएन काठमाडौं (फोटोफिचर)


नेपालखबर
पुस २, २०७९ शनिबार १३:१०, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजा आइसकेको छ। अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच रस्साकस्सी छ। कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक नेताहरू छन्। आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरू जिल्लावासीसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदै छन्।

सम्भवतः अबको महिना दिनभित्र देशले नयाँ सरकार पाउनेछ। आम जनता देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ। किनभने ठूला मानिएका राजनीतिक दलहरूका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ। जनताले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा। तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल साबित  हुन सकिरहेको छैन।

अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारण आशावादी छन्। तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था निर्वाचनअघिको भन्दा फरक देखिँदैन। जताततै अस्तव्यस्त देखिन्छ। भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन गरिएको छैन। विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापनबिनाको विकास निर्माण दिगो हुन सक्दैन। त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ।

प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिब १ महिना पुग्नै लागेको छ। तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँ धेरै भेटिन्छन्। मर्मतसम्भारका लागि सुरु गरिएका ठाउँमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत जनप्रतिनिधिहरूको खासै चासो देखिँदैन। न  राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन्। न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाइको भएको छ। एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई  जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिँदैन। आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ।

तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरूले जनतालाई झुटो आश्वासन दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरूको भविष्य धरापमा पर्ने निश्चित छ। 

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अस्तव्यस्त काठमाडौंका यी तस्बिर : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .