ad ad

फोटोफिचर


यसरी गरियो सेतो मच्छिन्द्रनाथको महास्नान (तस्बिरहरू)


सरोज बैजु
माघ ४, २०८० बिहिबार १९:२५, काठमाडौँ

सेतो मच्छिन्द्रनाथको महास्नान बिहीबार सम्पन्न भएको छ।

पौष शुक्ल अष्टमीका दिन काठमाडौंको केलटोलस्थित सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने परम्परा छ।

यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि विधान पनि छन्।

सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन्।

महास्नान गराउन मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा लगिन्छ। त्यसपछि मूर्तिमा लगाइएका सबै कपडा फुकालिन्छ।

अनि शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराइन्छ।

त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआओस् भन्दै पूर्व–पश्चिम, उत्तर–दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथिका देवताको पूजाआजा गर्छन्। 

यो कार्यक्रम सुरु हुनुअघि वसन्तपुरबाट जीवित देवी कुमारीलाई ल्याइन्छ।

त्यसपछिमात्रै महास्नानको मुख्य कार्यक्रम सुरु हुन्छ। महास्नान रात्रिकालमाा गरिन्छ।

महास्नान गराइएको भोलिपल्ट मूर्तिलाई घाम तपाउने प्रचलन छ। तर, घाम तपाउँदा बादल लाग्ने धार्मिक विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .