ad ad

फोटोफिचर


टोनी हागनले ७० वर्षअघि खिचेका पश्चिम नेपालका तस्बिर ललितपुरमा प्रदर्शन


सरोज नेपाल
फागुन १६, २०८० बुधबार १३:५६, काठमाडौँ

नेपाल सम्पदा समाजले ललितपुरको पाटनढोकामा तस्बिर प्रदर्शनी आयोजना गरेको छ। 

समाजले यलमाया केन्द्र र पाटन संग्रहालयसँगको समन्वयमा मंगलबारदेखि आयोजना गरेको तस्बिर प्रदर्शनीमा स्वीस नागरिक टोनी हागनले सात दशकअघि खिचेका पश्चिम नेपालका तस्बिरहरू राखिएका छन्।

प्रदर्शनी उद्घाटन समारोहमा टोनी हागनकी छोरी काट्रिन हागन, सम्पदा समाजकी उपाध्यक्ष प्रतिमा पाण्डे, पत्रकार कनकमणि दीक्षित लगायतले मन्तव्य राखेका थिए।

ती तस्बिर फागुन १९ सम्म पाटनढोकास्थित यलमाया केन्द्रमा र फागुन २१ देखि ३० सम्म पाटन संग्रहालयमा राख्ने तयारी छ। 

तस्बिरमा सात दशकअघि पश्चिमी नेपालको घर, मानिसहरूको वेशभूषा, रूपरङ देख्न सकिन्छ। हागन तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको निम्तोमा सन् १९५० मा पहिलोपटक नेपाल आएका थिए। 

हेर्नुहाेस् तस्बिरहरू

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .