टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार कीर्तिपुरमा भएको फाइनल भिडन्तमा नेदरल्यान्ड्सले उपाधि उचालेको छ।
घरेलु भूमिमा नेपाललाई ४ विकेटले पराजित गर्दै पाहुना टोलीले उपाधि चुम्यो।
नेपालले दिएको १८५ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाउन सफल भयो।
नामिबिया सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधि विजेता टोलीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गरे।
हजारौँ घरेलु समर्थकको उपस्थितिमा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन।
147
Shares
प्रतिक्रिया