ad ad

राजनीति


डा.मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता

डा.मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता

नेपालखबर
असार १०, २०७९ शुक्रबार ८:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएको छ।

तीन दिनअघि रवि लामिछानेले आफ्नो नेतृत्वमा सो पार्टी गठन गरेका थिए। 

पार्टी घोषणासभामा केन्द्रीय समिति २१ सदस्यीय रहने जानकारी गराइए पनि अध्यक्ष बाहेक अन्यको नाम लामिछानेले सार्वजनिक गरेका थिएनन्।

विराटनगर स्थायी घर भएका २९ वर्षी ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक हुन्। 

निर्वाचन आयोगमा लामिछाने पार्टी दर्ताका लागि निवेदन दिएका छन्। तर, ‘स्वतन्त्र’ नाममा पार्टी दर्ता गर्न नहुने माग गर्दै आयोगमा दुईवटा उजुरी दर्ता भएको छ।

यसैबीच पार्टी गठनको घोषणापछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दैछ। दिउँसो ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .