ad ad

राजनीति


रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने, भोलि घोषणा सभा

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने, भोलि घोषणा सभा

नेपालखबर
असोज ११, २०७९ मंगलबार १०:७, काठमाडौँ

विवेकशील साझा पार्टी परित्यागको घोषणा गरेका नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन्। बुधबार (१२ आसोज) मा काठमाडौंमा घोषणा सभा आयोजना गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले भनेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समुहका बीच भोलि काठमाडौंमा घोषणा सभा हुनेछ।’

मिश्रले सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा समक्ष मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .