ad ad

राजनीति


महोत्तरीमा सत्तारुढ गठबन्धनले संयुक्त रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने

महोत्तरीमा सत्तारुढ गठबन्धनले संयुक्त रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने

नेपालखबर
असोज २९, २०७९ शनिबार १०:९, काठमाडौँ

सत्तारुढ गठबन्धनले महोत्तरीमा संयुक्त रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने भएको छ।

गठबन्धनमा आवद्ध चार दलको शुक्रबार साँझ सदरमुकाम जलेश्वरमा बसेको संयुक्त बैठकले जिल्लाका सबै निर्वाचन क्षेत्रमा संयुक्त रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार यादव, लोसपाका नेता शरदसिंह भण्डारीसहितका नेताहरुको सहभागिता थियो। 

सत्तारुढ गठबन्धनबाट महोत्तरी १ मा माओवादी केन्द्रका पोखरेल, २ नम्बर क्षेत्रमा लोसपाका भण्डारी, ३ मा लोसपाका अध्यक्ष ठाकुर र ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका यादव संघीय संसदका उम्मेदवार छन्। 

महोत्तरीमा प्रदेश सभाका आठवटै क्षेत्रमा पनि गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन्। 

चारवटै दलका जिल्ला अध्यक्षहरुकोसमेत सहभागितामा भएको बैठकले गठबन्धनका सबै दलको सहभागितामा संघ र प्रदेशको चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। 

बैठकपछि कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीप्रसाद ढुंगाना, लोसपाका जिल्ला अध्यक्ष रामबाबु साह र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कोसिलाल यादवले संयुक्त विज्ञप्ति जारी गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

‘त्यस्तो समिति संघ र प्रदेशका क्षेत्रदेखि वडा र बुथ तहसम्म गठन गरिने छ,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। 

संघ र प्रदेशमा जुन दलको उम्मेदवार छन् सोही दलले सम्बन्धित क्षेत्रमा संयोजन गर्नेगरी संयुक्त निर्वाचन अभियान अघि बढाउने निर्णय बैठकले गरेको एक नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .