ad ad

राजनीति


तालमेल भएका ठाउँमा एमालेलाई पनि भोट हाल्न जसपाको निर्देशन, बागीहरु निष्कासित

तालमेल भएका ठाउँमा एमालेलाई पनि भोट हाल्न जसपाको निर्देशन, बागीहरु निष्कासित

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १७:७, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले मंसिर ४ गते हुने चुनावका लागि नेकपा एमालेसँग तालमेल गरिएका क्षेत्रमा दुवै दलका उम्मेदवारलाई जिताउन आग्रह गरेको छ।

समाजवादीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एमालेसँग तालमेल भएको स्थानमा जसपा नेपाल र एमालेका संयुक्त उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन्। 

उनले तालमेल नभएका स्थानमा जसपाका उम्मेदवारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न र मत माग्न अधिकारीले निर्देशन दिएका हुन्। 

उनले तालमेल भएका स्थानमा र पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिए पनि बताएका छन्। 

'यसरी पार्टी निर्देशनविपरीत पार्टी सदस्यहरुले उम्मेदवारी कायम राखी रहेका र पार्टीलाई  असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेदवारहरुको पक्षमा प्रचार-प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश गरिन्छ', उनले भनेका छन्। 

जसपाले पार्टी नीति, निर्णयविपरीत स्वतन्त्र रुपमा उम्मेदवारी दिने उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखिरहेकाले पार्टीबाट निष्काशित गरिएको पनि जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .