सत्तारुढ दल नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र शनिबार (१२ कात्तिक) बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ।
यसअघि कांग्रेसले गत आइतबार साँझ ५ बजे ‘डिजिटल’ घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो। तर, सभापति देउवा काठमाडौं बाहिर रहेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो।
त्यसपछि सोमबार बिहान साढे १० बजे घोषणा गर्ने भनिएको कार्यक्रम पनि अन्तिम समयमा स्थगन गरिएको थियो।
प्रतिक्रिया