ad ad

राजनीति


निर्वाचनपछि बन्ने सरकाको पहिलो दायित्त्व अर्थतन्त्रमा सुधार : सिंह

निर्वाचनपछि बन्ने सरकाको पहिलो दायित्त्व अर्थतन्त्रमा सुधार : सिंह

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १०:२६, काठमाडौँ

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि बन्ने सरकाको पहिलो दायित्त्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन्। 

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत आज मतदाताहरूसँगको भेटघाटका क्रममा नेता सिंहले विद्यमान ऐन/कानुनका कारण समस्या भयो भन्ने उद्योगी–व्यवसायीहरूको आवाज सम्बोधन गर्न आफ्नो पार्टी कांग्रेस तयार बताए। 

राजनीतिक अस्थिरताका कारण नागरिकले चाहेजस्तो सेवा–सुविधा पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै नेता सिंहले स्थिर राजनीतिक अवस्था कायम गर्न कांग्रेसलाई मत दिन आग्रहसमेत गरे। 

यस क्रममा उनले मुलुकको संकट समाधान गर्न कांग्रेसले बाहेक अरू पार्टीले नसक्ने दाबी पनि गरे। 

उनले भने, ‘मुलुकको शासन व्यवस्थापनमा सबै दलहरू टेस्टेड भइसकेकाले संकटमा कांग्रेसबाहेक अरूले जिम्मेवारी वहन गर्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ।’  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .