ad ad

राजनीति


चुनावपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नेमा दुईमत छैन : महत

चुनावपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नेमा दुईमत छैन : महत

सुदीप भण्डारी
कात्तिक १६, २०७९ बुधबार १३:१०, बुटवल

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि आफ्ना सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। 

कांग्रेस ठूलो दल भएकाले स्वाभाविक रूपमा त्यसका नेता प्रधानमन्त्री बन्ने उनको भनाइ छ। रिपोटर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा गरेको कार्यक्रममा महतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कुरामा दुईमत नभएको जिकिर गरे। 

‘अब एमालेको नेतृत्वमा सरकार बन्दैन। ओलीजी प्रधानमन्त्री बन्नुहुन्न। त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बन्छ’, उनले भने,  ‘शेरबहादुरजी बन्ने कुरामा कुनै दुइमत छैन। तर यसलाई भट्याइरहनु आवश्यक छैन।’

सबैलाई मिलाएर जाने कांग्रेसको नेतृत्व देशले खोजेको महतको भनाइ छ। 

उनले अहिले पार्टीको ध्यान को प्रधानमन्त्री भन्दा पनि निर्वाचनमा कसरी बढीभन्दा बबढी सिट ल्याउने भन्ने कुरामा आफूहरू केन्द्रित भएको बताए। 

मिश्रित निर्वाचन प्रणालीमा कुनै एउटा पार्टीको बहुमत आउन कठिन भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ छ। 

कांग्रेसले मुलुकमा विकास चाहेको तर ऋण काढेर प्रतिफल नआउने कुरामा लगानी गर्न नसक्ने कांग्रेस प्रवक्ता महतले बताए। 

देशभित्र युवा रोजगारीको सुनिश्चित गरेर वैदेशिक रोजगारीलाई कम गर्दै लैजाने लक्ष्यमा अघि बढेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .