ad ad

राजनीति


हिजोसम्म सुनसान चितवनमा दलहरुले थाले चुनावी अभियान

हिजोसम्म सुनसान चितवनमा दलहरुले थाले चुनावी अभियान

चुनावी अभियानका क्रममा गठबन्धनका कार्यकर्ता। तस्बिर : सागर न्यौपाने/नेपालखबर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ११:३२, चितवन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा बसाइँ सरेपछि चितवनको चुनावी माहोल अझै तात्न सकेको छैन।

प्रतिस्पर्धी हेभिवेट नेता नै अर्को जिल्लातिर हिँडेपछि सुस्ताएको नेकपा एमालेले बिहीबारदेखि चुनावी अभियान अघि बढाएको छ।

बुधबारसम्म सुनसान चितवनको भरतपुरसहितका सहरी क्षेत्रमा पनि दलहरुले बिहीबारदेखि चुनावी अभियानलाई अघि बढाएका छन्।

उनीहरुले अलग अलग समूह बनाएर घरदैलोसँगै चुनावी अभियान थालेका हुन्। बिहीबार बिहानदेखि सत्तारुढ गठबन्धनले अलग अलग समूह बनाएर मत माग्न थालेको छ।

अर्कातिर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनले पनि बिहानदेखि मत माग्न थालेको छ। चितवन क्षेत्र नम्बर ३ मा उठेका राष्ट्रि स्वतन्त्र पार्टीका रवि लामिछानेको पक्षमा भने बिहीबार चुनावी अभियान देखिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .