ad ad

राजनीति


ओली सुदूरपश्चिम आउँदै, चुच्ने नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्दै

ओली सुदूरपश्चिम आउँदै, चुच्ने नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १२:१०, कञ्चनपु्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियान गर्न आज (बिहीबार) सुदूरपश्चिम आउँदैछन्। 

बिहीबार बेलुका ओली कैलालीको धनगढी पुग्ने एमालेका प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए 

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट ओलीले भोलि (शुक्रबार) एमालेको राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने कार्यक्रम तय भएको छ।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर ओली सरकारको नेतृत्वमा नेपालको नक्सा जारी भएको थियो। 

त्यही कुरालाई चुनावमा जनतामाझ लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन’ भन्दै मत माग्न एमालेले अभियान सुरु गर्नका लागि दार्चुलालाई रोजेको अनुमान छ।

दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत त्यही दिन ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव पाठकले बताए।

उनका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .