ad ad

राजनीति


शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पनि गठबन्धन आवश्यक : सिंह

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पनि गठबन्धन आवश्यक : सिंह

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १२:९, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षाका लागि बनेको सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा मत दिनुपर्ने बताएका छन्।

काठमाडौंमा आज बिहान भएको कार्यक्रममा सिंहले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका हुन्। 

‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्,’ उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’

संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक–वाम गठबन्धन आवश्यक रहेको उनको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .