नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गएको ५ वर्षमा आफूले मतदाताको मन जित्न सफल भएको दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका सिंहले आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको बताए।
मंगलबार चुनावी घरदैलो कार्यक्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुन परेको उल्लेख गरे। संविधान निर्माण भइसकेपछि आफूले निर्वाचन क्षेत्रको हरेक विकासका गतिविधि अघि बढाएको ठोकुवा नेता सिंहले गरे।
उनले प्रत्येक टोलमा कुनै न कुनै प्रकारको विकासको योजना आफूले पुर्याएको दाबी गरे। सुकुम्बासी समस्या ब्यवस्थापनदेखि सामुदायिक विद्यालय सुधारका लागि पनि आफूले काम गरेको उनले बताए।
मतदाताले मेलम्ची पानी कहिले आउँछ? भन्दै गरेको गुनासोमा नेता सिंहले केही समय कुर्न अनुरोध गरेका छन्।
Shares
प्रतिक्रिया