देश निर्वाचनको संघारमा छ। नागरिकदेखि नेता, कार्यकर्तासम्म सबै मन परेका नेता, पार्टी र चुनावको प्रचारमा छन्। यो प्रचारमा कलाकार पनि देखिएका छन्। केही कलाकारले खुलेर नेताको प्रचार गरेका छन्, केहीले लुकेर पनि प्रचार गरिरहेका छन्।
यो पटक चुनावी प्रतिस्पर्धामा केही कलाकार पनि छन्। नेता तथा पार्टीका चुनावी प्रचारमा सहभागी भइरहेका कलाकार भने आफ्नै सहकर्मीहरूको प्रचारमा देखिएका छैनन्।
चुनावी मैदानमा देखिएकी रेखा थापाको चर्चा सामाजिक सञ्जालमा राम्रै छ। रेखालाई सम्भावित विजेताका रुपमा हेरिएका बेला कला क्षेत्रका कसैले पनि उनको पक्षमा खुलेर भोट मागेको देखिँदैन। नेताको घरदैलो कार्यक्रमदेखि चुनावी सभामा सहभागी भइरहेका कलाकार रेखाको चुनावी प्रचारमा भने देखिन सकेका छैनन्।
कोमल ओली कुनै दिन पार्टीका गीत गाउँदै चुनावी प्रचारमा हिँडेकी गायिका हुन्। उनी अहिले उम्मेदवार छिन् तर उनका पक्षमा उनकै सहकर्मी कलाकारले भोट मागिरहेका छैनन्।
निर्देशक मनोज पण्डित भ्रष्टाचारमुक्त समाजको परिकल्पनासहित काभ्रेमा सप्ताह लगाइरहेका छन्। काभ्रेबाटै उम्मेदवार बनेका पण्डितको साथ र समर्थनमा पनि कलाकार खुलेका छैनन्।
हिमेश पन्त, मिलन लामा, मधुसूदन पाठक, करण श्रेष्ठ, मुरलीधरलगायतका थुप्रै कलाकारले विभिन्न ठाउँबाट उम्मेदवारी दिएका छन्। उनीहरूका साथमा पनि कलाकार देखिएका छैनन्।
Shares
प्रतिक्रिया