ad ad

राजनीति


जो पनि स्वतन्त्र उठ्न सक्छन्, तर निर्णायक शक्ति हुन सक्दैनन् : पम्फा भुसाल

जो पनि स्वतन्त्र उठ्न सक्छन्, तर निर्णायक शक्ति हुन सक्दैनन् : पम्फा भुसाल

फाइल।


नेपालखबर
मंसिर १, २०७९ बिहिबार ७:२६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो मुख्य प्रतिस्पर्धा दलहरुसँगै हुने दाबी गरेकी छिन्। न्युज एजेन्सीसँगको अन्तर्वार्ताका क्रममा भुुसालले स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुन नसक्ने दाबी गरिन्। 

ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी भुसालले नेपालको सन्दर्भमा कुनै स्वतन्त्र उम्मेदवारहरु सरकारको नेतृ्रत्व गर्नसक्ने अवस्थामा नपुगेको दाबी गरिन्। 

‘स्वतन्त्र उम्मेदवारहरुको धेरै उम्मेदवारी परेको छ, यसलाई कसरी लिनुभएको छ?’ भन्ने एजेन्सीको प्रश्नलाई जवाफ दिँदै भुसालले भनेकी छिन्, ‘उठ्न पाइयो। हामीले र हाम्रा अग्रजहरुले थालेको, हाम्रो जीवनकालमा हामीले सम्पन्न गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जसले पनि मैदानमा हिँड्न, डुल्न, खेल्न पाउने कुरा भयो। त्यही अन्तर्गत संविधानले दिएको छ। कानूनले दिएको छ। कोही पनि उठ्न सक्नुहुन्छ। तर हाम्रो देशको राजनीति चाहीँ दलीय प्रणाली हो।’

रहर गरेर जो कोही पनि स्वतन्त्र उठ्नसक्ने भएपनि निर्णायक शक्ति चाहीँ स्वतन्त्र उम्मेदवार नहुने भुसालको भनाई छ।  ‘१३८ सिट ल्याउनेले मात्रै सरकार बनाउन सक्छ। १३८ भन्दा बढी ल्याएकाले पनि मन्त्री बनाउने २५ जना हो। त्यसैले रहर गरेर जो पनि उठ्नसक्छ। निर्णायक चाहीँ कहिल्यै पनि हुन्न स्वतन्त्र’

केही उम्मेदवारहरुको हकमा स्वतन्त्र चुनौती हुनसक्ने भएपनि सरकार नै बनाउने स्थितिमा भने नरहेको उनले बताइन्। 

‘भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ। तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन,’ भुसालले भनिन्, ‘दलीय राजनीति हाम्रो यति बलियो छ। जनताको घरदैलोसम्म हाम्रो संरचना छ। सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन्। कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन्।’

स्वतन्त्रहरूको मतले सरकार बन्ने र सरकार बन्दा मात्रै आफ्ना एजेण्डा कार्ययोजनामा पर्छन् भन्ने कुरा राम्रोसँग मतदाताले बुझ्नपर्ने उनले बताए। ‘उहाँहरुको मतले सरकार बन्ने र सरकार बन्दाखेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ। त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ। तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .