भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार बिहान १० बजे भएको दुर्घटनामा भक्तपुर नगरपालिका–२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय विवेश तामाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार रामेछाप सुनापाती गाउँपालिका–४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको भएको हो।
भक्तपुर प्रहरी परिसर प्रवक्ता डिएसपी राजु पाण्डेका अनुसार प्रहरी अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य जारी छ।
पानी ट्याङ्कर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं। ९ कमलबिनायक बस्ने बर्ष ४५ को सिताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए।
Shares
प्रतिक्रिया