ad ad

राजनीति


चुनाव गराउन खटिएकी कर्मचारीले मतदानस्थलमै गठबन्धनलाई भोट मागेपछि...

चुनाव गराउन खटिएकी कर्मचारीले मतदानस्थलमै गठबन्धनलाई भोट मागेपछि...

मोरङको पथरीशनिश्चरेस्थित मतदान केन्द्र


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:३७, मोरङ

मोरङको पथरीशनिश्चरे नगरपालिका-३ जनता माध्यमिक विद्यालयको 'क' मतदान केन्द्रमा खटिएकी सरकारी कर्मचारीले नै सत्ता गठबन्धनलाई भोट मागेकी छन्। 

निर्वाचन अधिकृतको कार्यालयबाट खटिएकी ती कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद भएको थियो। 

विवापछि मत माग्ने ती महिला कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

मतदान गर्न 'क' केन्द्रमा भोट हाल्न पगेकी कमला दाहालसँग ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ भोट हाल्न आग्रह गरेकी थिइन्। 

त्यसपछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएर प्रतिकार गरेकी थिइन्। 

विवाद बढेपछि वडाअध्यक्ष विजय लिम्बु र रजनैतिक दलका प्रतिनिधिको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

त्यहाँका सहायक मतदान अधिकृत सुखराम ठाकुरका अनुसार मतदानस्थलमा समस्या आएपछि ती कर्मचारीलाई निकालिएको हो।  तर उनले ती कर्मचारीको पहिचान खुलाउन चाहेनन्।

अर्जुन काफ्लेबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .