हिमाली जिल्ला मनाङमा मध्याह्नसम्म ५१ प्रतिशत मतदान सम्पन्न भएको छ।
यहाँ कूल मतदाता ६ हजार ७ सय ७९ जना छन्।
जसअनुसार दिउँसो साढे १२ बजेसम्म ३ हजार ४ सय ९० मत खसेको हो।
मतदान गर्नेमध्ये १ हजार ८ सय ३७ र १ हजार ६ सय ५३ महिला छन्।
यहाँ एमालेबाट निवर्तमान सांसद पाल्देन छेपाङ गुरुङ र नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ प्रतिस्पर्धामा छन्।
उनीहरु २०७४ को आम निर्वाचनका प्रतिस्पर्धी पनि हुन्। त्यो निर्वाचनमा एमाले विजयी भएको थियो।
यसपटकको निर्वाचनमा मनाङमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुख्या गुरुङलाई उम्मेदवार बनाएको छ।
21
Shares
प्रतिक्रिया