ad ad

राजनीति


सकियो मतदान, मतदातामा देखिएन उत्साह

लाइनमा बसेकाले भोट हाल्न पाउने
सकियो मतदान, मतदातामा देखिएन उत्साह

म्याग्दीमा भोट हाल्दै एक वृद्। तस्बिर : रासस


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १७:९, काठमाडौँ

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो।

तर मतदानका लागि लाइनमा बसेकालाई भने निर्वाचन आयोगले समय दिएको छ।

तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ।

यस पटकको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता भोट हाल्न योग्य ठहरिएका थिए। 

मतदानका क्रममा निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको राप्तीमा मतपेटिका जलाउन खोज्यो।

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर एक कार्यकर्ता घाइते भए। अर्कातिर बाजुरामा निर्वाचनमा सहभागी दलहरुबीच नै झडप भएको छ।

त्यसक्रममा मतपेटिका पनि जलाइएको छ। उता दोलखा र स्याङ्जामा पनि सत्ता गठबन्धनले बुथ कब्जा गर्न खोजेको आरोप लागेको छ।

विगतको आँकडा
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए।

जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता थिए।  

२०७४ मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो। उक्त निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको थियो।

पहिलो चरणमा २० लाख ६८ हजार ९७८ र दोस्रो चरणमा ८५ लाख २५ हजार १७३ करी कूल १ करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो।

उक्त निर्वाचनमा कूल मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेको थियो। 

२०७० मा ७८.३४ प्रतिशत मत खसेको थियो। कुल १ करोड २१ लाख ४७ हजार ८६५ मध्ये ९५ लाख १६ हजार ७३४ मत खसेको थियो।

कुल मतदानमध्ये ९५.०४ प्रतिशत अर्थात ९० लाख ४४ हजार ९०८ मत सदर र ४.९६ प्रतिशत अर्थात् ४ लाख ७१ हजार ८२६ मत बदर भएको थियो।

२०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८३२ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .