ad ad

राजनीति


माधव नेपालको क्षेत्रमा २ बजेपछि मात्रै मत गणना हुने

माधव नेपालको क्षेत्रमा २ बजेपछि मात्रै मत गणना हुने

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:३४, रौतहट

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु भएको छैन। 

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार रहेको रौतहट- १ मा सोमबार दिउँसो २ बजेपछि मात्रै मतगणना सुरु गर्ने तयारी निर्वाचन कर्यालयले गरेको छ। 

एकीकृत समाजवादी रौतहटका अध्यक्ष कमल यादवका अनुसार केहीबेर अघि रौतहट -१ को सबैदलीय बैठक सकिएको छ। रौतहट- १ को मतगणना सदरमुकाम गौरको जुद्ध माविमा हुने उनले जानकारी दिए। 

त्यसैगरी रौतहट - २ को बरमज्योति उच्च माविमा मतगणना हुँदैछ भने रौतहट- ३ को कटहरिया उच्च माविमा मतगणना हुनेछ। रौतहट- ४ को मतगणना चन्द्रपुर नगरपालिकाको जनज्योति उच्च माविमा हुने निर्वाचन कार्यालयले जनाएको छ।

रौतहट- १ मा एकीकृत समाजवादीका माधव नेपाल र एमालेका अजय गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .