दाङ - २ को प्रारम्भिक मत गणनामा रोचक परिणाम आएको छ।
समानुपातिकतर्फ एक्लै माओवादी केन्द्रले अग्रता हासिल गरिरहेका बेला प्रत्यक्षतर्फ भने माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा एमाले महासचिव शंकर पोखरेल भन्दा ४६ मतले पछाडि छिन्।
हालसम्म गणना गरिएको ५ सय मतमध्ये एमाले महासचिव शंकर पोखरेलले १ सय ५४ मतसहित अग्रता हासिल गरेका छन्।
सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १ सय ८ मत पाएकी छन्।
कांग्रेसको साथ पाउँदासमेत प्रत्यक्षतर्फ पछि परेको माओवादी केन्द्र समानुपातिकतर्फ भने एमाले र कांग्रेस भन्दा अगाडि छ। यहाँ माओवादी केन्द्रले १ सय ७१ मतसहित अग्रता लिँदा एमालेले १ सय ५४ र नेपाली कांग्रेसले १ सय ८ मतमात्र प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको यहाँ २० मत प्राप्त गर्दा राप्रपाले ४ र एकिकृत समाजवादीले २ मतमात्र प्राप्त गरेका छन्।
Shares
प्रतिक्रिया