ad ad

राजनीति


ललितपुर–१ प्रदेशसभा (२) मा कांग्रेसका मीनकृष्ण विजयी

ललितपुर–१ प्रदेशसभा (२) मा कांग्रेसका मीनकृष्ण विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १:१५, काठमाडौँ

ललितपुर–१ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी भएका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले) का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गरेका छन्।

राप्रपाका उम्मेदवार विश्वराज न्यौपानेले एक हजार ६०९, नेमकिपाका मन्पी महर्जनले २०४, मङ्गोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्माले १४२, हाम्रो नेपाली पार्टीका अशोककुमार केसीले ३७६, स्वतन्त्र उम्मेदवार तिलकबहादुर भोलनले ४, देवेन्द्र श्रेष्ठले ११, नवराज कुँवरले ३३, पिताम्बर सञ्जेलले २५, रमेशकुमार सञ्जेलले १०, राजेन्द्र महर्जनले ७, बद्रीबहादुर बस्नेतले ८, श्रीलाल भोम्जनले १०५ र सरोजकुमार विष्टले ८ मत प्राप्त गरेका छन्।
 

३७ हजार ६१४ मतदाता रहेको यस क्षेत्रमा २५ हजार सात सय ३१ मत खसेको थियो। यस क्षेत्रमा ६७७ मत बदर भएको थियो भने २५ हजार ८५ मत सदर भएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

महर्जन र सञ्जेल विसं २०७४ को प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए। २०७४ मा सञ्जेलले १२ हजार आठ सय ६६ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार सात सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .