फिफा विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्ध फ्रान्सले अग्रता लिएको छ।
खेलको नवौँ मिनेटमा १–० ले पछि परेको फ्रान्सले २७ र ३२ औँ मिनेटमा गोल गर्दै अष्ट्रेलियाविरुद्ध अग्रता पलएको हो। फ्रान्सका लागि एड्रिन रोबिट रअोलिभर जिरोटले एक एक गोल गरे।
अल वार्कनस्थित अल जनौव स्टेडियममा खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गुडविनले म्याथु लेकीको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।
खेलको २२ औँ मिनेटमा मिच डुकेको प्रहार पोष्टको थोरैमाथिबाट बाहिरिदा अष्ट्रेलियाका अग्रता दोब्बर पार्नबाट चुक्न पुग्यो।
खेलको २७ औँ मिनेटमा एड्रिन रोबिटले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए।
२९ औँ मिनेटमा फ्रान्सका केलिएन एम्बापेको कर्नर प्रहार ओलिभर जिरोटको हेडर प्रहार पोष्टको नजिकबाट बाहिरिदा अग्रता दोब्बर पार्ने मौका गुमायो।
खेलको ३२ औँ मिनेटमा जिरुटले दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए।
Shares
प्रतिक्रिया