ad ad

राजनीति


कास्की २ (क) मा एमालेका भीमबहादुर कार्की विजयी

कास्की २ (क) मा एमालेका भीमबहादुर कार्की विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ७:२५, कास्की

कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा एमालेका भीमबहादुर कार्की विजयी भएका छन्।

पोखरा सभागृहमा बुधबार बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत प्राप्त गरेका छन्। 

त्यसैगरी नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ। पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा (एमाले) की विद्या भट्टराईले अग्रता बनाएकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .