ad ad

राजनीति


दार्चुलाका दुबै प्रदेशसभामा गठबन्धनका उम्मेदवार विजयी, प्रतिनिधिसभामा भने एमालेको अग्रता

दार्चुलाका दुबै प्रदेशसभामा गठबन्धनका उम्मेदवार विजयी, प्रतिनिधिसभामा भने एमालेको अग्रता

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:३७, कञ्चनपर

दार्चुलाका दुईवटै प्रदेश सभामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा (क) मा नेपाली कांग्रेसका विक्रमसिंह धामीले बाजी मारेका छन्।

उनले १५ हजार १२७ मत सहित विजयी हासिल गरेका हुन्। धामीका प्रतिस्पर्धी नेकपा एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाएका छन्।

धामी यसअघि २०७४ को चुनावमा कांग्रेसबाट प्रतिनिधि सभामा लडेका थिए। त्यस बेला उनी एमालेका गणेश ठगुन्नासँग पराजित भएका थिए।

प्रदेश सभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका छन्।

उता दार्चुलाको प्रतिनिधिसभातर्फ भने नेकपा एमालेका गणेश ठगुन्ना अघि छन्। उनले १२ हजार ५०४ मत सहित अग्रता कायम राख्दा कांग्रेसका दिलेन्द्रप्रसाद बडुले १२ हजार १३८ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .