ad ad

राजनीति


धनुषा- ३ मा एमालेकी जुली महतो विजयी, लोसपाका अनिल झा पराजित

धनुषा- ३ मा एमालेकी जुली महतो विजयी, लोसपाका अनिल झा पराजित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ८:३२, धनुषा

धनुषा क्षेत्र नम्बर- ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन्।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन्।

महतोले ३३ हजार ३५५ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत मात्रै पाएका छन्।यसअघि उनी एमालेको समानुपातिक कोटाबाट दुईपटक सांसद भइसकेकी छन्। 

जुली प्रतिनिधिसभा सदस्यमा विजयी भए पनि उनका पति रघुबीर महासेठ भने धनुषा ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवसँग १० मतले पछि परेका छन्। एमालेका महासेठले १० हजार १३५ मत प्राप्त गर्दा यादवले १० हजार १४५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .