मोरङको क्षेत्र नम्बर ६ को (ख) मा मतगणना नसकिँदै एमालेका उम्मेदवार पर्शुराम बस्नेतले हार स्वीकार गरेका छन्।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कांग्रेसका केदार कार्कीले सुरूवातदेखि नै त्यो क्षेत्रमा अग्रता बनाइरहेका छन्। कार्कीले निरन्तर मत अन्तर फराकिलो बनाउदै लगेपछि बस्नेतले मत गणना नसकिँदै हार स्वीकार गरेका हुन्।
उनले भेटेरै कार्कीलाई जितको लागि अग्रिम बधाई समेत दिएका छन्। विराटनगरको आर्दश विद्यालयमा जारी मतगणना स्थलमै भेटेर बस्नेतले कार्कीलाई बधाई दिँदै जनताको पक्षमा काम गर्न सुझाव समेत दिएका छन्।
अहिलेसम्म कार्कीले ८ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् भने बस्नेतले ७ हजार ५ सय १९ प्राप्त गरेका छन्।
विराटनगर महानगरपालिकाका ६ नम्बर वडाको मत गणना जारी छ। मोरङ क्षेत्र नम्बर ६ को (ख)मा ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएका छन्।
Shares
प्रतिक्रिया