बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। पछिल्लो मतपरिणाम अनुसार प्रविष्ट गरेको अन्तिम मतपरिणाम अनुसार यादव ३५४ मतान्तरले विजयी भएका हुन्।
यादवले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा निकटतम नेकपा माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहा १३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्।
त्यस्तै, खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरेका छन्।
66
Shares
प्रतिक्रिया