काठमाडौं क्षेत्र नम्बर १ निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंह र क्षेत्र नम्बर ५ बाट निर्वाचित नेता प्रदीप पौडेलेले बधाई साटासाट गरेका छन्। नेता पौडेल आइतबार दिउँसो प्रकाशमानलाई भेट्न उनको नीजि निवास चाक्सिबारी पुगेका थिए।
काठमाडौं–१ मा प्रकाशमानले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र काठमाडौं ५ मा पौडेले नेकपा एमालेका वरिष्ठ उपाध्यक्षलाई हराएका थिए।
उनीहरुबीच बधाई साटासाट भएको थियो। काठमाडौंको समग्र विकासका लागि आफूहरु सल्लाह गरेर अघि बढ्ने छलफल भएको बताइएको छ।
297
Shares
प्रतिक्रिया