जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन्।
कांग्रेसका उप सभापति तथा पूर्वगृहमन्त्री खड्कालाई भेट्न राउत खड्का निवास गल्फुटार पुगेका थिए।
भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक एजेन्डाबारे छलफल भएको राउतले बताएका छन्।
निर्वाचनको परिणाम अन्तिम अवस्थामा पुगेलगत्तै भेटघाट थालेका राउतले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुसँग भेट गरिसकेका छन्।
33
Shares
प्रतिक्रिया