ad ad

राजनीति


समानुपातिकबाट पठाउने उम्मेदवारको निर्णय भएको छैन : रास्वपा

समानुपातिकबाट पठाउने उम्मेदवारको निर्णय भएको छैन : रास्वपा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १३:२४, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट संसदमा कसलाई पठाउने निर्णय भइनसकेको जनाएको छ। 

प्राइमरी इलेक्सनमा कम मत ल्याएका र केन्द्रीय समितिका अन्य व्यक्तिलाई पनि पठाउन खोजिएको सूचना चुहिएपछि असन्तुष्टि बढेका बेला रास्वपाको यस्तो स्पष्टीकरण आएको हो। 

बन्दसूचीमा रहेका उम्मेदवार र जिल्ला सभापतिहरुले खबरदारी गर्दै बिहीबार पार्टी कार्यालय नै घेराउ गरेपछि रास्वपाले विवाद नगर्न भनेको हो। 

'राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिससम्बन्धी कुनै निर्णय भएको छैन', उनले भने, 'यसबारे पार्टीको बैठक पनि बसेको छैन। सूची तलमाथि गरेर पठाउँदैनौँ। बन्दसूचीमा रहेका १०७ जनाको नाम क्रम संख्या बमोजिम नै जान्छ।'

उनका अनुसार यसबारेमा शनिबार बस्ने केन्द्रीय समितिको बैठकले आवश्यक निर्णय लिनेछ। रास्वपामा समानुपातिक सूचीलाई लिएर विवाद छ। बिहीबार पार्टी कार्यालय नै घेराउ गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .