सरकारले सहसचिव राम आधार शाहलाई सचिवमा पदोन्नती गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शाहलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि बढुवा समितिले शाहलाई पहिलो नम्बरमा सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो।
गतसाता मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले शाह सहित तीन सहसचिवको नाम सिफारिस गरेको थियो। दोश्रो नम्बरमा सहसचिव विश्वबाबु पुडासैनी र तेश्रो नम्बरमा अर्जुन जंग थापाको सिफारिस भएको थियो।
शाह पटक—पटक विवादमा परेका कर्मचारी हुन्। सचिव रमेश प्रसाद सिंहले मंसिर पहिलो हप्ता अनिवार्य अवकाश पाएपछि प्राविधिक तर्फको रिक्त सचिव पदमा शाहको बढुवा भएको हो।
60
Shares
प्रतिक्रिया