ad ad

राजनीति


समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदलाई प्रमाणपत्र वितरण

समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदलाई प्रमाणपत्र वितरण

प्रमाणपत्र बुझ्दै राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद मनिष झा


नेपालखबर
पुस ३, २०७९ आइतबार १५:५९, काठमाडौँ

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ।

आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरे। 

समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरे।

समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गरे। 

आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .