ad ad

राजनीति


कांग्रेस इतर समूहको बैठकमा शेखरले प्रस्ताव गरे गगनको नाम

कांग्रेस इतर समूहको बैठकमा शेखरले प्रस्ताव गरे गगनको नाम

नेपालखबर
पुस ५, २०७९ मंगलबार १२:४७, काठमाडौँ

नेपाली कांग्रेसमा इतर समूहको होटल बसेरमा जारी बैठकमा डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापाको नाम संसदीय दलको नेतामा प्रस्ताव गरेका छन्। 

इतर समूहका सांसदहरुसहितको उक्त बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवासँग दलको नेतामा भिड्न गगनको नाम प्रस्ताव गरेका हुन्। 

मंसिर ४ को निर्वाचनमा शेखर मोरङ ६ र गगन काठमाडौं ४ बाट निर्वाचित भएका थिए। दुवैजना कांग्रेस संसदीय दलको नेताका आकांक्षी थिए।

गगनले निर्वाचनकै क्रममा आफू संसदीय दलमा भिड्ने घोषणा गरेका थिए। शेखरले भने दलको नेता चुनिने प्रक्रिया अघि बढ्नुअघि मात्रै आफूलाई आकांक्षीका रुपमा प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .