नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा परिपक्व नेता भएकाले दलको चुनावमा उनलाई साथ दिएको बताएका छन्।
'शेरबहादुर देउवा अनुभवी परिपक्व हुनुहुन्छ, समन्वयकारी हुनुहुन्छ, उहाँ दीर्घकालीन सोच भएको नेता हो', उनले भने,
'चौधौँ महाधिवेशनमा मैले उहाँसँग प्रतिस्पर्धा गर्न खोजेको थिएँ। तर मलाई मलाई जनमतले स्वीकारेन, त्यसपछि उहाँलाई सघाएँ।'
उनले कांग्रेसको नेतृत्वको परिवर्तका लागि लडे पनि नसकेपछि देउवालाई साथ दिएको बताए। 'नेतृत्व परिवर्तका लागि म उहाँसँग लडेको हो', उनले भने, 'महाधिवेशनको जनादेशलाई स्वीकारेर मैले सघाएको हो। अहिले पनि त्यही अनुसार उहाँको पक्षमा उभिएको छु।'
585
Shares
प्रतिक्रिया