नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ।
संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको हो।
आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ।
अन्तिम मत भने ॐ हस्पिटलबाट आउँदै छ। माया राई सुत्केरी भएकाले अस्पताल गएकी हुन्। अन्य मतदाताले मतदानस्थल पुगेर मत खसाइसकेका छन्।
कांग्रेसका ८९ सांसद भए पनि मत ८८ जनाले दिने हो। टेकबहादुर गुरुङ अदालतमा मुद्दा विचाराधीन रहेकाले मतदानमा सहभागी भएनन्।
177
Shares
प्रतिक्रिया