ad ad

राजनीति


पार्टी फुट्दा समाजवादी हुँदै माओवादीमा पुगेकी दुर्गा एमालेमै फर्किइन्

पार्टी फुट्दा समाजवादी हुँदै माओवादीमा पुगेकी दुर्गा एमालेमै फर्किइन्

नेपालखबर
पुस ७, २०७९ बिहिबार १२:४३, काठमाडौँ

२०७८ साउनमा विभाजित हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी सुदूरपश्चिम प्रदेशकी पूर्वसदस्य दुर्गा विक एमालेमै फर्किएकी छन्। 

विक ०७४ मा तत्कालीन नेकपाबाट समानुपातिक सांसद भएकी थिइन। समाजवादी हुँदै माओवादीमा गएर फेरि एमालेमा फर्किएकी उनलाई महासचिव शंकर पोखरेलसहितले स्वागत गरेका छन्। 

उनीसँगै पति रामबहादुर विक पनि एमालेमै फर्किएका छन्। दुवैजना अहिले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य थिए। 

एमाले महासचिव पोखरेलले उनीहरुलाई बिहीबार पार्टीमा स्वागत गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिए। 

रामबहादुर गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट पञ्चदेवल विनायक नगरपालिकाको मेयरका प्रत्यासी थिए।

तत्कालीन अवस्थामा एमाले नेता भीम रावलनिकट मानिने विकले एमाले विभाजनमा रावलको साथ छोडेर नेपाल नेतृत्वको समाजवादीतिर लागेकी थिइन्।

तत्कालीन एमालेका प्रमुख सचेत रहेका तारा लामा तामाङलाई जिम्मेवारी नदिएर समाजवादीले विकलाई नै प्रमुख सचेतक बनाएको थियो।

समाजवादीमा रहेर एमाले र माओवादीलाई सहयोग गर्ने गरेको आरोपमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो।

गत भदौ अन्तिम साता स्पष्टीकरण नबुझाउँदै विक माओवादी प्रवेश गरेकी थिइन।

उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए।

उनै विकले तीन महिनामा पार्टी फेरेकी हुन्। उनी फेरि पुरानै पार्टी प्रवेश गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .