प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक राखेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बसेको बैठकमा शपथग्रहणसहितका विषयमा छलफल भएको छ।
जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए। जबराले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १२ दलहरुको बैठक राखेका हुन्।
सर्वदलीय बैठकपछि प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण गराइनेछ। दिउँसो १ बजे शपथ ग्रहण हुँदैछ।
सांसदहरुले शपथका लागि नेपालीसहति १४ भाषा रोजेका छन्।
39
Shares
प्रतिक्रिया