ad ad

राजनीति


यस्तै सरकार चलिरहे मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ : योगेश भट्टराई

यस्तै सरकार चलिरहे मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ : योगेश भट्टराई

संसद भवनमा योगेश भट्टराई। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १४:४४, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अहिलेको पाँच दलीय गठबन्धनको जस्तै सरकार चलिरहे मुलुको अर्थतन्त्र डामाडोल हुने बताएका छन्। 

ताप्लेजुङबाट विजयी भट्टराईले बिहीबार सांसद पदको शपथ लिएपछि पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन्। 

'हामीले नेपाली नागरिक र विश्व समुदायलाई पनि विश्वसत बनाउन जरुरी छ। यस्तै सरकार चलिरहे मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ', उनले भने, 'नयाँ सरकारबारे यसै भन्न सकिने अवस्था छैन। गठबन्धन कायम हुन्छ कि हुँदैन भन्ने छ।'

उनले विभिन्न किसिमका सांसद निर्वाचित भएको बताउँदै उनीहरुले पहिलेभन्दा बढी जिम्मेवारी र जवाफदेही हुनुपर्नेमा जोड दिए। 

उनले यो पटकको जनमतले संसद पाँच वर्ष पुग्छ भन्ने कुरामा शंका जन्मिएको बताए। 'कुनै प्रधानमन्त्री फेरि संसद विघटन गर्दिनँ भनेर कसम खाएर आउँदैन। यो संसदमा कुनै पनि पार्टीको बहुमत छैन। यस जनादेशलाई पाँच वर्ष पुर्‍याउनुपर्छ', उनले भने, 'एमालेको एजेन्डा आर्थिक विकास हो। यो संसदलाई पूरा कार्यकाल पूरा गरेर देशमा स्थायित्व दिन सक्नुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .