ad ad

राजनीति


माओवादीको निष्कर्ष : आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउने

माओवादीको निष्कर्ष : आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउने

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:१४, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गठबन्धन कायमै राख्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्ष निकालेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारीहरुको बैठकले अब आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्ष निकालेको हो।

यसअघि गत शनिबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पनि संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्ष निकालिसकेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्नुअघि बसेको पदाधिकारी बैठकले यस पटक सरकारको नेतृत्व आफ्नो हुनुपर्ने निर्णय लिएको हो। 

पदाधिकारी बैठकपछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई नेता, हितराज पाण्डेलाई प्रमुख सचेतक र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई सर्वसम्मत चयन गरकेो छ।

पेरिस डाँडा बैठकमा सहभागी एकजना पदाधिकारीका अनुसार नयाँ सरकार गठन आफ्नै नेतृत्वमा गर्ने निष्कर्ष निकालिएको हो। 

'सरकारको नेतृत्व हामी लिने गरी पहल गर्न गर्नेछौँ,' ती नेताले नेपालखबरसँग भने, 'पहिलेदेखि हाम्रै नेतृत्वमा सरकार बनाउने समझदारीअनुसार गठबन्धन अघि बढ्नेछ।'

प्रचण्ड दलको नेता चयन भएसँगै सरकार निर्माणको प्रक्रियामा अन्य दलहरूसँग संवाद र छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।

बुधबार मात्रै राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको साथ लिएर सरकारको नेतृत्व लिने प्रस्ताव गरेको पनि बैठकमा प्रचण्डले बताएका छन्।

तर उनले अहिले नै एमालेको प्रस्तावमा आफू सकारात्मक हुने अवस्था नरहेको कुरा पनि बैठकमा बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार पुस १० गते साँझ ५ बजेसम्म बहुमतसहित सरकारको दाबी गर्न दलहरुलाई समय दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .