ad ad

राजनीति


पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी, मन्त्री चयनबारे छलफल

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी, मन्त्री चयनबारे छलफल

पेरिसडाँडामा सोमबार बिहान जारी माओवादी पदाधिकारी बैठक। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
पुस ११, २०७९ सोमबार ९:३१, काठमाडौँ

सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको अहिले पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको छ।

बैठक केही बेरअघि सुरु भएको नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार पदाधिकारी बैठकमा सरकारमा पार्टीबाट ककसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ।

यसैबीच माओवादीको पदाधिकारी बैठक सकिनासाथ नयाँ बानेश्वरमा रहेको संसद् भवनमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरूको बैठक बस्नेछ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .